चैत ८, काठमाडौं । अभिनेत्री करिश्मा मानन्धर र समाजवादी जनता पार्टी (सजपा)का अध्यक्ष एव्म पूर्वमन्त्री प्रेमबहादुर सिंह आज (मंगलबार) नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् ।
उनीहरूलाई आज दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय (थापाथली) मा अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउने कार्यक्रम रहेको एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
‘पूर्वमन्त्री सिंहको नेतृत्वमा रहेको सजपा एमालेमा समाहित हुन लागेको हो’, प्रचार विभागका उपप्रमुख रिजालले भने, ‘अभिनेत्री करिश्मा मानन्धर पनि हाम्रो पार्टीमा आउँदै हुनुहुन्छ ।’
सिंह पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा खानेपानीमन्त्री बनेका थिए । यस्तै अभिनेत्री मानन्धरले डा. बाबुराम भट्टराईको नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टीबाट दलगत राजनीति सुरु गरेकी थिइन् । तर पछि निष्क्रिय रहिन् । अहिले फेरि एमालेबाट राजनीतिक यात्रा अगाडि बढाउन लागेकी हुन् ।