कृष्णबहादुर महराका स्वकीय सचिवले गरे पार्टी परित्याग

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ चैत्र ८, मंगलबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

चैत ८, काठमाडौं । नेकपा ९माओवादी केन्द्र०का प्रवक्ता कृष्णबहादुर महराका स्वकीय सचिव प्रमोद शर्माले पार्टी परित्यागको घोषणा गरेका छन् ।

माओवादी केन्द्र दाङका घोराही उपमहानगरपालिका कमिटी अध्यक्षसमेत रहेका शर्माले साधारण सदस्यसमेत नरहने गरी पार्टी त्यागेको मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत गरेका हुन् । उनले सोमबार गरिएको दाङ जिल्लाको जिम्मेवारी बाँडफाँडमा असन्तुष्टि जनाउँदै पार्टीबाट राजीनामा दिएका हुन् ।

‘आजको मितिदेखि म नेकपा माओवादी केन्द्रको साधारण सदस्यसमेत नरहने गरी आफूले प्राप्त गरेको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गर्दछु,’ शर्माले भनेका छन्, ‘आगामी दिनमा एक स्वतन्त्र नागरिकको रूपमा देश र जनताको लागि सामाजिक भूमिका निर्वाह गर्नेगरी अगाडि बढ्ने छु। जनताको निरन्तर सेवामा निःस्वार्थ सकेजती भूमिकामा आफूलाइ उभ्याउने छु ।’

ताजा अपडेट

खोजी गर्नुहोस