शेयरबजार दोहोरो अंकले बढ्यो, आज कारोबार कति ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ चैत्र ८, मंगलबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

चैत्र ८,काठमाडौँ । शेयर बजार आज मङ्गलवार पनि दोहोरो अङ्कले बढेको छ । हिजो सोमवार १८ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव शून्य चार अङ्कले बढेर दुई हजार ६ सय ५० दशमलव ७० विन्दुमा पुगेको छ ।

आज जलविद्युत् र फाइनान्सबाहेक अरू सबै समूहको शेयर बढेको छ । विकास बैंक, बीमा र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज दुई सय ३५ कम्पनीको ५३ लाख २९ हजार कित्ता शेयर दुई अर्ब ५१ करोड ८८ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै प्रभु इन्सुरेन्स कम्पनीको १५ करोड ३३ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

दोहोरो अङ्कले शेयर बढेको दिन इमर्जिङ नेपालको शेयर १० प्रतिशत र राष्ट्र उत्थान लघुवित्तको शेयर ६ प्रतिशतले बढेको छ । एभरेस्ट इन्सुरेन्स कम्पनीको शेयर भने सबैभन्दा धेरै साढे तीन प्रतिशतले घटेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस