‘पुँजी,प्रविधि र जमिनको उपयोग गर्ने उपयुक्त समय आयो’ : सभापति सुमार्गी

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ चैत्र ८, मंगलबार (२ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

चैत्र ८,काठमाडौँ । नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रय सदस्य तथा कृषि उद्यम केन्द्रका सभापति अरुण राज सुमार्गीले कृषि उद्यम केन्द्रका सभापति सुमार्गीले पुँजी,प्रविधि र जमिनको उपयोग गर्ने उपयुक्त समय आएको बताएका छन् ।

आराभा नेपाल मोर्डन एग्रिकल्चर कम्पनी लिमिटेडको आयोजनामा सोमबार इजरायलबाट १० देखि २४ महिनासम्म कृषि अध्ययन गरी फर्केका युवाहरुले सुरु गरेको कृषि सम्बन्धी अन्तक्रियामा सुमार्गीले नेपालमा अव कृषिको विकल्प नभएको बताएका हुन् ।

उनले भने-‘मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउन हामीले १०० किसान अभियान सुरु गरिसकेका छौँ, राज्यले पनि यो अभियानलाई साथ दिओस् ।’ इजरायली राजदुत हनान गोडारसमेत उपस्थित कार्यक्रममा सुमार्गीले इजरायली प्रविधि भित्र्याएर उत्पादनलाई जोड दिनुपर्ने बताए ।

उनले भने–’इजरायलमा २ प्रतिशतले कृषि गर्छन् शतप्रतिशतलाई पुगेर कृषिबस्तु निर्यात गर्छ हाम्रो देशमा ६५ प्रतिशत कृषि गर्छन् तर ६ महिना खान समेत पुग्दैन् ।’ उनले आयातमुखी कृषिले मुलुकमा परिवर्तन हुन नसक्ने जिकिर गरे । मुलुकमा आधुनिक कृषिको खाँचो औल्याउदै सुमार्गीले त्यसको लागि सरकार र निजी क्षेत्र एक–आपसमा मिलेर जानुको विकल्प नरहेको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस