एमाले केन्द्रीय कमिटीको बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ चैत्र ९, बुधबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

चैत ९, काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कमिटीको तेस्रो बैठक आज बस्दैछ । बिहान ११ बजे बबरमहलस्थित कार्की ब्याङ्केटमा बैठक बस्न लागेको हो ।

आगामी वैशाख ३१ हुने स्थानीय तहको निर्वाचन तयारीका लागि बैठक बस्न लागेको हो । बैठकमा अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलको प्रतिवेदन पेश गर्ने केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

बैठकमा सातै प्रदेशका अध्यक्षहरूको रिपोर्टिङ, चुनावी घोषणापत्र, उमेदवार चयनका मापदण्डलगायत कार्यसूची छन् । रिजालका अनुसार बैठक दुई दिनसम्म चल्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस