भक्तपुरमा शवबाहनसँग मोटरसाइकल ठोक्कियो

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७८ चैत्र ९, बुधबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

चैत ९, काठमाडौं । भक्तपुरको लोकन्थलीमा शववाहनसँग मोटरसाइकल ठोक्किएर जलेको छ । सिन्धुपाल्चोकबाट शव लिएर आर्यघाट तिर आउँदै गरेको प्रदेश–३–०१–०२३ च २३५६ नम्बरको शववाहनसँग बा.५२ प ५३८५ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।

शववाहनमा ठोक्किँदा मोटरसाइकलमा आगो लागेको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले बताए । दुर्घटनामा परेर ओखलढुंगा घर भएका ३९ वर्षीय भेषकुमार शर्मा घाइते भएका छन् ।

उनको लोकन्थली स्थित समिट अस्पतालमा उपचार भइरहेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस