लेटाङ घटनामा एसएसपीको नेतृत्वमा ५ सदस्यीय छानविन समिति गठन

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७८ चैत्र ९, बुधबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

चैत ९, काठमाडौं । मोरङको लेटाङमा भएको घटनाको छानविन गर्न प्रदेश १ प्रहरी कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र प्रसाद चौधरीको नेतृत्वमा ५ सदस्यीय समिति गठन गरेको छ ।

प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी अरुण बिसीका अनुसार घटनाको छानविन गर्न चौधरीको नेतृत्वमा ५ सदस्यीय समिति गठन गरिएको हो । उक्त समितिले अनुसन्धान गरेर दोषी पत्ता लगाउने बिसीको भनाइ छ ।

चौधरी १ नम्बर प्रदेश प्रहरी कार्यालय, अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखाका प्रमुख हुन् । घटना ठूलो भएको छ, प्रहरी जवानको नै मृत्यु भएकोले हामी केही न केही छानविन गर्छौं,’ बिसीले भने । आइतबार दिउँसो भएको उक्त घटनामा परी २५ जना प्रहरी घाइते भएका थिए भने ७ जना सर्वसाधारण घाइते भएका थिए ।

सो घटनामा परी प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस