शेयर बजारमा दोहोरो अकंको गिरावट

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ चैत्र ९, बुधबार (२ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

चैत ९, काठमाडौं । ​ दुई दिन लगातार बढेको शेयर बजार आज दोहोरो अकंले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार आज बजार २०.३४ अंकले घटेर नेप्से परिसूचक २६३०.३६ अंकमा ओर्लिएको छ ।

त्यस्तै, राम्रा र बलिया कम्पनीको मापक सेन्सेटिभ इण्डेक्स पनि ४.२२ अंकले घटेको छ । घटेको बजारमा आज २२६ कम्पनीका ३९ लाख ८५ हजार ५ सय ७४ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ४ करोड ६३ लाख ५२ हजार ५ सय ४७ रुपियाँ बराबरको कारोबार भएको हो ।

बजार घटेको दिन आज ट्रेडिङ समूह १२.७७ अंक र म्युचुअल फण्ड ०.०४ अंकले बढेको हो । सबैभन्दा बढी जीवन बीमा समूह १२८.७ अंकले घटेको छ ।

बजार घटेको दिन २ वटा कम्पनीको शेयर मूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । राष्ट्र उत्थान लघुवित्त र इमर्जिङ नेपालको शेयर मूल्य क्रमशः १० र ९.९९ प्रतिशतले बढेको हो । आज एनआईसी एशिया बैंकको उच्च कारोबार भएको छ । उक्त बैंकको ८ करोड ४१ लख ९४ हजार ६ सय ३९.२० रुपियाँ बराबरको शेयर किनबेच भएको हो ।

साताको पहिलो दिन आइतबार १४.६७ अंकले बजार घट्दा २ अर्ब २५ करोड ४६ लाख १ सय ९१ रुपियाँ बराबरको कारोबार भएको थियो । त्यस्तै सोमबार र मंगलबार लगातार बजार बढेको हो ।

सोमबार १७.९९ अंकले बजार बढ्दा २ अर्ब ५९ करोड २७ लाख १८ हजार १ सय ३१ रुपियाँ र मंगलबार १६.०४ अंकले बजार बढ्दा २ अर्ब ५१ करोड ८८ लाख ९४ हजार १ सय ७८ रुपियाँ बराबरको कारोबार भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस