कस्तो रहनेछ आजको मौसम ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ चैत्र १०, बिहिबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

चैत १०, काठमाडौँ । हाल देशमा न्यून चापीय प्रणालीको सामान्य प्रभाव छ । आज देशका पहाडी र हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राति देशको पहाडी र हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । अन्य भू–भागमा मौसम सफा रहनेछ । प्रदेश १, वाग्मती, गण्डकी, कर्णाली प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस