एमालेको केन्द्रीय कमिटीमा आज दुई प्रतिवेदनमाथि छलफल हुने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ चैत्र १०, बिहिबार (२ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

चैत १०, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज (बिहीबार) पनि बस्दै छ । काठमाडौंको बबरमहलस्थित कार्की ब्यांक्वेटमा बुधबारदेखि जारी बैठकको दोस्रो दिन यसअघि प्रस्तुत भएको राजनीतिक प्रतिवेदनमाथि छलफल हुनेछ ।

बुधबारको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन तथा महासचिव शंकर पोखरेलको सांगठनिक प्रतिवेदन पेस गरेका थिए । बैठकको पहिलो दिन नै प्रदेशका अध्यक्षहरूले समेत रिपोर्टिङ प्रस्तुत गरेका थिए ।

आजको बैठकमा बुधबार पेस गरिएको राजनीतिक प्रतिवेदनमा केन्द्रीय सदस्यले लिखित सुझाव र राय प्रस्तुत गर्ने अजेन्डा रहेको छ । बैठकका प्रस्तुत ११ अजेन्डा मध्ये आज बाँकी ९ वटा अजेन्डामा छलफल गर्दै निष्कर्षमा पुग्ने तयारी रहेको एमालेले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस