तीनै तहको चुनावमा कांग्रेससँग गठबन्धन हुन्छ : प्रचण्ड

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ चैत्र १०, बिहिबार (२ साल अघि)
  • ५ पटक पढिएको
Post Thumbnail

चैत १०, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी तीनै तहका चुनावमा नेपाली कांग्रेससँग गठबन्धन हुने बताएका छन् । आज गृह जिल्ला चितवन पुगेका प्रचण्डले स्थानीय तहको चुनावमा पनि केन्द्रबाट नै गठबन्धन हुने बताए ।

उनले चुनावी गठबन्धनको विषयमा चितवन कांग्रेसले भनेर केही नहुने दाबी पनि गरे । चुनावमा एक्लै लड्ने दाबीका साथ कार्यकर्तालाई निर्देशन दिँदै हिँडेका प्रचण्डले भने आज यस्तो धारणा राखेका हुन् ।

‘गठबन्धन त भइरहेकै छ, नि । अहिलेकै गठबन्धन स्थानीय मात्र होइन प्रादेशिक र संघीय चुनावसम्म पनि रहन्छ’, उनले भने । चितवनमा कांग्रेसले एक्लै लड्ने भनेको छ नि भन्ने सञ्चारकर्मी प्रश्नमा उनले भने, ‘चितवन कांग्रेसले भनेर केही हुँदैन ।’

प्रचण्ड आफ्नो निर्वाचन क्षेत्र माडी र भरतपुरमा हुने विभिन्न कार्यक्रममा सहभागी हुन आज यहाँ आएका हुन् । उनले माडीमा अगुवा कार्यकर्ता प्रशिक्षण, सडक उद्घाटन, आयोजना निरीक्षण, नमुना चेपाङ बस्ती उद्घाटन, पुल उद्घाटन र भरतपुरमा महानगर पालिकाको प्रशासनिक भवन शिलान्यास, राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम रहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस