ट्रयाक्टर दुर्घटनामा एक जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७८ चैत्र १०, बिहिबार (२ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

चैत १०, मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१९ मा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बुधवार राति भएको दुर्घटनामा राक्सिराङ गाउँपालिका–८ का २८ वर्षीय सागर स्याङ्तानको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालका अनुसार भुन्द्रुङबाट बस्तीपुर हाईवेतर्फ आउँदै गरेको ना ६ त १८४५ नम्बरको खाली ट्रयाक्टर बुधवार राति २ बजे दुर्घटना भएको हो । राप्तिखोलास्थित काठको पुलबाट पार गर्ने क्रममा पुल भाचिँदा दुर्घटना भएको प्रहरी नायब उपरीक्षक रिमालले बताए ।

मृतक स्याङ्तान ट्रयाक्टर चालक हुन् । उनको शव पानीमुनि ट्रयाक्टरले चापिएको अवस्थामा राति साढे ३ बजे फेला परेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस