साफ यू–१८ः जित विहीन नेपाल

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ चैत्र १०, बिहिबार (२ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

चैत १०, काठमाडौं । भारतमा जारी साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलमा नेपाल जित विहीन बनेको छ । जमसेदपुरमा बुधबार भएको खेलमा बंगलादेशसँग २-१ गोल अन्तरले पराजित हुँदै नेपाल जित विहीन बनेको हो ।

बंगलादेशको जितमा शाहदा अक्तर रिपा र शामसुन्नाहरले एक एक गोल गरिन् भने नेपालका लागि अमिशा कार्कीले एक गोल गरिन् ।

सुरुआती एक गोलको अग्रता जोगाउन नसक्दा नेपाल बंगलादेशसँग पराजित भएको हो । खेलको चौंथो मिनेटमा अमिशाले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएकी थिइन् ।

तर, ६८ औं मिनेटमा शामसुन्नाहरले गोल गर्दै बंगलादेशलाई १-१ गोलको बराबरीमा ल्याईन् । त्यसपछि खेलको ८४ औं मिनेटमा शाहदाले गोल गरेपछि बंगलादेश २-१ले विजयी भयो ।

यस हारसँगै नेपालले ४ खेलमा अंक जोड्न सकेन । र, नेपाल जित विहीन बन्दै बाहिरिएको छ । बंगलादेशले भने ३ खेलमा ६ अंक जोडेको छ ।

अब बंगलादेशले अन्तिम खेलमा भारतको सामना गर्नेछ । डबल राउण्ड रोबिनको आधारमा जारी च्याम्पियनसिपको शीर्ष टोलीले उपाधि जित्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस