आइटी शिक्षामा सीजी इन्स्टिच्युट अफ म्यानेजमेन्ट अब्बल बन्दैछ

Post Thumbnail

-प्रमोद पराजुली 

पछिल्लो समय नेपाल लगायत विश्वभरी नै सूचना प्रविधिले प्रमुख प्राथामिकता पाइरहेको छ । नेपालमा पनि यो क्षेत्रमा चासो र संलग्नता बढ्दो छ। कलेजहरुमा पनि आईटी सम्बन्धित विषयहरुको पढाई भइरहेका छन्। यसैबीच तिनै बिद्यार्थीको रुची र चाहनालाई आत्मसाथ गर्दै सीजी इन्स्टिच्युट अफ म्यानेजमेन्ट, मीनभवनले पनि मलेसियन विश्वविद्यालय लिम्कोक्विगं यूनिभर्सिटी अफ क्रियटिभ टेक्नोलोजी (Limkokwing University of Creative Technology) बाट स्वीकृती लिएर नेपालमै पहिलोपटक प्राविधिक उद्यमशिलता विधामा नयाँ ब्याचलर अफ इन्फर्मेशन टेक्नोलोजी विथ टेक्नोप्रेनरशिप (Bachelor of Information Technology with Technopreneurship)को कार्यक्रम संचालनमा ल्याएको छ। त्यस्तै ब्याचलर अफ साइन्स इन इन्फर्मेसन टेक्नोलोजी (Bachelor of Science in Information Technology) मा पनि भर्ना सुरु भएको छ। यी दुवै कार्यक्रमहरू ३ वर्षे अनर्स (Honors) कार्यक्रम हुन्। यसै सन्दर्भमा रहेर हामीले सीजी इन्स्टिच्युट अफ म्यानेजमेन्टका प्राचार्य प्रमोद पराजुलीसंग कुराकानी गरेका छौँ । उहाँसंगको कुराकानीको सारसंक्षेप–

सीजी इन्स्टिच्युट अफ म्यानेजमेन्ट नेपाली विद्यार्थीहरूको लागि विश्वव्यापी स्तरको पढाई र विश्वबजारमा चाहिने शीप प्रदान गर्ने हेतुले स्थापना भएको शैक्षिक संस्था हो। जसरी सीजीले थुप्रै व्यापार, व्यवसाय, र समाजसेवामा पहिचान बनाएको छ, शिक्षा क्षेत्रमा पनि सीजीको आफ्नो छुट्टै पहिचान छ। अहिलेको समयमा सूचना प्रविधि विज्ञहरूको माग नेपाल तथा विश्वमा निकै बढ्दो देखिएको छ। तर बजारलाइ चाहिने माग अनुरूप दक्ष जनशक्ति पर्याप्त छैनन्। यही कमीलाइ पूरा गर्न हामीले दुईवटा कार्यक्रमहरू संचालनमा ल्याएका हौँ। यस मध्ये ब्याचलर अफ इन्फर्मेशन टेक्नोलोजी विथ टेक्नोप्रेनरशिप कार्यक्रम चाहिँ नितान्त नयाँ र अहिलेको नेपाली परिवेशमा सुहाँउदो कार्यक्रम हो। यस कार्यक्रममा सूचना प्रविधिका साथ साथै विध्यार्थीहरूले व्यवस्थापन, व्यापार, र उद्यमशीलताका बारेमा ज्ञान तथा शीप हाँसिल गर्दछन्। नेपालमा पनि अब ज्ञानरूपी उत्पादन (knowledge-based products)को अनुसन्धान, उत्पादन तथा विकास गर्न सम्भव बनाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा तिनको पहुँच पुर्याउन सके नेपालले अन्तर्राष्ट्रिय मुद्रा कमाउन सक्ने, देशको गर्हस्थ्य उत्पादन बढ्ने र युवाहरू विदेश पलायल हुने स्थितिलाइ रोकि नेपाल भित्रै प्रचुर मात्रामा उद्यमशिलताका सम्भावनाहरू बनाउन सकिन्छ। ब्याचलर अफ इन्फर्मेशन टेक्नोलोजी विथ टेक्नोप्रेनरशिप कार्यक्रमबाट हामीले अन्तर्राष्ट्रिय स्तरका टेक्नोप्रेनरहरु उत्पादन गरी नेपाली बजारलाइ नयाँ आयाम दिनसक्ने कुरामा विश्वस्त छौँ। यस्ता टेक्नोप्रेनरहरू कुनैपनि व्यापार, व्यवसाय तथा संस्थाका समस्याहरूलाई प्रविधिका माध्यमबाट बजार सुहाउँदो सामाधान दिन सक्नेछन्। साथै नयाँ खालका उद्यमहरूको शुरूवात तथा विकासमा पनि यी टेक्नोप्रेनरहरूले ठूलो योगदान दिने छन्।

प्रत्येक वर्ष फेब्रुअरी र अगष्टमा दुइचोटी भर्ना लिने व्यवस्था भएको सीजी इन्स्टिच्युट अफ म्यानेजमेन्टका यी कार्यक्रमहरूमा भर्ना हुन चाहने कुनै पनि संकायमा १०+२ वा सो सरह योग्यता प्राप्त गरेका कार्यक्रमहरूबाट उत्तिर्ण बिद्यार्थीहरु आउन सक्छन्। यसको लागि चाहिने न्यूनतम लव्धान्क ‘२.०’ जिपिए वा ४५ प्रतिशत भन्दामाथि हुनुपर्छ। सूचना प्रविधिका विषयहरू केवल विज्ञान संकायका विद्यार्थीले मात्र पढ्न पाउने भन्ने मान्यता अब नेपालमा पनि नरहेको र विद्यार्थीको इच्छा शक्ति तथा लगाव भएमा सूचना प्रविधिमा कुनैपनि संकायका विद्यार्थीले पारंगतता प्राप्त गर्न सक्छन र यसका लागि उनीहरूलाइ सहयोग गर्न सीजी इन्स्टिच्युट अफ म्यानेजमेन्ट सधैँ तयार छ।

सीजी इन्स्टिच्युट अफ म्यानेजमेन्टको बलियो पक्ष चाँही World’s Most Globalized University अवार्ड प्राप्त लिम्कोक्विगं यूनिभर्सिटी अफ क्रियटिभ टेक्नोलोजीबाट सम्बन्धन प्राप्त कार्यक्रम हो। त्यसैगरी हामी सीजी जस्तो विश्वव्यापी व्यापार व्यवसाय फस्टाउन सफल संस्थाको व्यवस्थापनबाट सञ्चालित छौँ। यहाँका कार्यक्रमहरूमा विद्यार्थीको सिकाइलाइ थप प्रभावकारी बनाउन हामीले नन् क्रेटिड कार्यक्रमहरू, शैक्षिक भ्रमण, प्रविधिका नयाँ विधामा तालिम तथा गोष्ठीहरू, इन्टर्नशीप आदि संचालन गर्छौँ। त्यस्तैगरी सीजी इन्स्टिच्युट अफ म्यानेजमेन्टले नेपालका थुप्रै सूचना प्रविधि कम्पनीहरूसंग आवद्ध भइ सूचना प्रविधि विज्ञ तथा विद्यार्थीसँग सम्वाद गराउन गेष्ट लेक्चरहरू संचालन गर्ने तथा इन्डस्ट्री एकेडेमिया कमिटी गठन गरी विद्यार्थीको शीप अभिवृद्धि गर्न नविनतम शीपमुलक कार्यक्रमहरूको योजना समेत गरेको छ।

सूचना प्रविधिका कार्यक्रमका साथसाथै सीजी इन्स्टिच्युट अफ म्यानेजमेन्टले सन् २०१४ बाट नै मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन (Masters in Business Administration – MBA) पनि संचालन गरिरहेको छ। यस कार्यक्रमको पनि प्रत्येक वर्ष फेब्रुअरी र अगष्टमा दुइचोटी भर्ना लिने व्यवस्था भएको र यसमा भर्ना हुन चाहने कुनै पनि संकायमा स्नातक वा सो सरह योग्यता प्राप्त गरेका कार्यक्रमहरूबाट उत्तिर्ण बिद्यार्थीहरु आउन सक्छन्। यसको लागि चाहिने न्यूनतम लव्धान्क ‘२.०’ जिपिए वा ४५ प्रतिशत भन्दामाथि हुनुपर्छ।

सीजी इन्स्टिच्युट अफ म्यानेजमेन्टका सबै शैक्षिक कार्यक्रमहरू नेपाल सरकारको शिक्षा मन्त्रालयबाट स्वीकृत तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता पाएका कार्यक्रमहरू हुन्। त्यस्तै सीजी होल्डिगंस् मा सीजी इन्स्टिच्युट अफ म्यानेजमेन्टबाट उत्तिर्ण उत्कृष्ट दश विद्यार्थीलाई रोजगारीको समेत व्यबस्था गरिएको छ।

यो उद्योग ४.० (Industry 4.0)को समय हो। मानव जीवन तथा समाजका थुप्रै आयामहरूमा स्वचालन (Automation) र बौद्धिक (Intelligence) प्रविधिको प्रयोग गरी समय तथा लगानीको बचत तथा गुणस्तर सेवा प्रदान गर्ने चलन चलिसकेको छ। हाल विश्वभर सूचना प्रविधिका नविनतम विधाहरू जस्तै आर्टिफिसियल इन्टेलिजेन्स् (Artificial Intelligence), बिग डाटा एनालिटिक्स (Big Data and Data Analytics), वित्तिय प्रविधि (FinTech), नियामक प्रविधि (RegTech), साइबर सुरक्षामा ए.आइ. (AI in Cyber Security), क्लाउड कम्प्यूटिगं (Cloud Computing & Edge Computing), क्वान्टम कम्प्यूटिगं (Quantum Computing), रोबोट स्वचालित कामहरू (Robotic Process Automation), इन्टरनेट अफ थिंग्स् (Internet of Things), मेटाभर्स (Metaverse) तथा अन्य थुप्रै विधाहरूका प्रविधिहरूको अध्ययन, उत्पादन तथा प्रयोग गरिन्छ। त्यस्तै ComputerScience.org का अनुसार निकट भविष्यमा Machine Learning Engineer, Senior Data Scientist, AI/ML Research Scientist, Deep Learning Engineer र Algorithm Engineer पदमा उच्चतम शीपको माग बढ्ने देखिन्छ। संसारकै सर्वमान्य प्रविधिमा अनुसन्धान तथा परामर्श सेवा प्रदान गर्ने Gartner कम्पनीका अनुसार सन् २०२२ मा १२ वटा सूचना प्रविधिका विधाहरू जस्तै Data Fabric, Cybersecurity Mesh, Privacy-Enhancing Computation, Cloud-Native Platforms, Composable Applications, Decision Intelligence, Hyperautomation, AI Engineering, Distributed Enterprises, Total Experience, Autonomic Systems र Generative AI उद्योगमा निकै फस्टाउने देखिन्छन्। हाल नेपालमा पनि Robotic Process Automation, SOC/SIEM, Credit Risk Rating, Service Hubs, Data Analytics, Regulatory/Supervisory Information Systems, Enterprise APIs, FinTech3, RegTech, Electronic Medical Records, AI for Effective Learning in Academics, Kishan App for financial inclusion, Trading Solutions, Payment and Lending Services, Service Robotics4, IoT र Chatbots जस्ता नविनतम प्रविधिहरू प्रयोगमा आइसकेका छन्। निकट भविष्यमा नेपालमा नयाँ प्रविधिहरू जस्तै Blockchain, Central Bank Digital Currency5, Open Banking, Decentralized Finance, 5G, Sensor Networks, Predictive Analytics and Maintenance, Conversational AI, AI for Cyber Security, AI-as-a-Service, Dynamic Workflows, Hyper Conversed Infrastructures, Edge Computing, AR/VR, GDPR adoption, र Everything-as-a-Service प्रयोगमा आउने सम्भावना छ। नेपाल पर्यटकीय दृष्टिकोणले विश्वमै एक उत्कृष्ट गन्तव्य स्थल भएकाले पर्यटनमा पनि नयाँ प्रविधिहरूको प्रयोगको प्रचुर सम्भावना छ। नेपाल सरकारले पनि डिजिटल नेपालको प्रारूप बनाइ सार्वजनिक गरे सँगै नेपालमा सरकारी तथा गैरसरकारी क्षेत्रमा सूचना प्रविधिका ठूला परियोजनाहरू शुरू भएका छन्। त्यस्तै विदेशी व्यक्ति तथा संस्थाहरूले पनि नेपालमा ठूलो धनराशी लगानी गरिरहेका छन्। यी सबैले नेपाल भित्रैपनि सूचना प्रविधि तथा व्यवस्थापनका नवप्रवर्तनका प्रचुर सम्भावनाहरूको सिर्जना गरेका छन्।

अन्तमा सूचना प्रविधि तथा व्यवस्थापनमा उच्च शिक्षा हाँसिल गर्न खोज्ने विद्यार्थीहरूलाइ कुनै पनि शैक्षिक संस्थाले आँफुले अध्ययन गर्न चाहेको विधामा दक्ष बन्न चाहिने ज्ञान, शीप, र कार्यकुशलता प्रदान गर्न कस्ता कार्यक्रम संचालन गरेको छ, सो को आधारमा मात्रै शिक्षण संस्था रोजेर आफ्नो भविष्य उज्जवल बनाउन सल्लाह दिन्छु। विद्यार्थीको सर्वांगिण विकासका लागि सीजी इन्स्टिच्युट अफ म्यानेजमेन्ट सधैं तत्पर रहेको छ। सीजी इन्स्टिच्युट अफ म्यानेजमेन्टको मीनभवन अवस्थित परिसरमा सबैलाइ स्वागत। धन्यवाद।

-पराजुली सीजी इन्स्टिच्युट अफ म्यानेजमेन्टका प्रधानाध्यापक हुन् । 

ताजा अपडेट

खोजी गर्नुहोस