चैत १०, काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणमा आइपीओको निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । धितोपत्र बोर्डबाट कम्पनीले चैत ७ गते आइपीओ निष्काशनको अनुमति पाएको हो ।
लघुवित्तले सर्वसाधणमा २ करोड ६६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ६६ हजार २५० कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको हो । कम्पनीले कुल पूँजीको ३६ प्रतिशत शेयर सर्वसाधारणमा जारी गर्नेछ ।
लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट क्यापिटल रहेको छ ।