मेघ गर्जन र चट्याङ्सहित वर्षाको सम्भावना

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ चैत्र ११, शुक्रबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

चैत ११, काठमाडौँ । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । आज प्रदेश १, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहनेछ । अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ । देशका धेरै ठाउँमा हावाहुरी चल्ने अनुमान छ ।

राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ । अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस