कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ चैत्र ११, शुक्रबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

चैत ११, काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दैछ । दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमिति बैठक बस्नेछ ।

बैठकमा उम्मेदवारलाई टिकट वितरण गर्ने संसदीय समिति गठन, निर्वाचन प्रचार प्रसारको समीक्षा, चुनावी तालमेललगायतमा छलफल हुनेछ । उम्मेदवारको मनोनयन हुनु एक महिनाअघि उम्मेदवार छनोट गरिसक्नु पर्ने विधानको व्यवस्था छ। उम्मेदवार तय गरिसक्नु समयमा संसदीय समिति गठन गर्न बैठक बोलाइएको छ ।

चार तहले संसदीय समिति गठन गर्नुपर्ने विधानको व्यवस्था छ । केन्द्रीय, प्रदेश, जिल्ला र प्रतिनिधि सभा क्षेत्रीय संसदीय समिति गठन गर्ने व्यवस्था छ ।

बैठकमा सत्ता गठबन्धनको चुनावी तालमेलका विषयमा पनि छलफल हुनेछ । सभापति शेरबहादुर देउवा पक्ष चुनावी तालमेलको पक्षमा छ । नेता शेखर पक्ष देशभर घोषित तालमेल गर्न नहुनेमा अडिग छ । यस्तै, बैठकमा स्थानीय तह निर्वाचनका लागि ‘घर घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानको पनि समीक्षा हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस