न्यु माउन्ट एभरेष्ट टोल सुधार समितिको रक्तदान कार्यक्रम सम्पन्न ।

Post Thumbnail

चैत १२, काठमाडौँ । शनिबार न्यु माउन्ट एभरेष्ट टोल सुधार समिति रबिभवनको आयोजना तथा रेडक्रस सोसाइटीको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
रबिभवन स्थित ज्ञानकुञ्ज विद्यालयको प्राङ्गणमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा माउन्ट एभरेष्ट क्लबका युवाहरुको उत्साहजनक उपस्थिति थियो ।
उक्त कार्यक्रममा माउन्ट एभरेस्ट क्लबका अध्यक्ष रबिन लामाले सामाजिक कामका लागि सधैँ युवाहरुको सहभागिता रहने बताए ।
त्यस्तै न्यु माउन्ट एभरेस्ट टोल सुधार समितिका अध्यक्ष प्रितम गौतमले बत्ति, सरसफाइ लगायत समाज सुधारका लागि काम गरिरहेको र यसलाइ निरन्तरता दिइने बताए ।

रक्तदान कार्यक्रमका संयोजक रन्जित गौतमले रगतको अभाव पुरा गर्न कार्यक्रम गरिएको र आगामी दिनमा पनि रक्तदान कार्यक्रम लगायत समाजका लागि अन्य कार्यक्रमहरु गर्दै जाने सोच भएको बताए। कार्यक्रममा ५५ जनाले रक्तदान गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस