अवैध ११ लाख रुपैयाँसहित एक जना पक्राउ

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७८ चैत्र १३, आईतबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

चैत १३, सिरहा । सिरहाबाट स्रोत नखुलेको ११ लाख दुई हजार नौ सय पचास रुपैयाँसहित एकजनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बल नं. २ छिन्नमस्ता वाहिनी बर्दिवास महोत्तरी र सशस्त्र प्रहरी बल नं. ७ गण हेडक्वाटर सिरहाबाट खटिएको टोलीले लहान-१ मटियर्वाबाट भगवानपुर गापा-४ का ४४ वर्षीय दिलीपकुमार साहलाई नियन्त्रणमा लिएको हो ।

विशेष सूचनाका आधारमा सीमाक्षेत्र भगवानपुरबाट पछ्याउँदै आएको प्रहरीले लहानबाट आठ सय तीन थान हजारको नोट, चार सयवटा पाँच सयको नोट, नौ सय ९९ वटा सयको र एक थान ५० को नोटसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

नियन्त्रण लिएका साहलाई रकमसहित आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला भन्सार कार्यालय माडरलाई बुझाएको छ । प्रायः सीमाक्षेत्रका भारतीय बजारमा कारोवार भएको नेपाली रुपैयाँ सिरहाको लहान, गोलबजार, सिरहा सदरमुकामका बैंकमा जम्मा गर्न लिएर आउने जानकारहरू बताउँछन् ।

भारतीय व्यवसायीहरूले नेपालमा रहेका आफन्त वा विश्वासिला व्यवसायीहरूको नाममा खाता खोलेर रकम जम्मा गर्ने र एटिएमको माध्यमबाट भारतमै रकम निकाल्ने गरेको बताइन्छ ।

ताजा अपडेट

खोजी गर्नुहोस