विवेकशील साझा विवाद: अध्यक्ष मिश्रलाई कारबाही गर्ने तयारीमा असन्तुष्ट पक्ष

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ चैत्र १४, सोमबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

चैत १४, काठमाडौँ । विवेकशील साझा पार्टीको आइतबार बसेको केन्द्रीय समितिको बैठकमा रवीन्द्र मिश्रपक्षले यसअघि २६ जनामाथि गरेको कारबाही सदर गरेसँगै पार्टीमा विवाद चर्किएको छ । कारबाहीपछि असन्तुष्ट पक्षले मिश्रलाई नै कारबाही गर्ने तयारी गरेको छ ।

सोमबार बिहान असन्तुष्ट पक्षको केन्द्रीय सदस्यहरुको बैठक बसि मिश्रलाई कारबाही गर्ने तयारी गरेको हो। राप्रपासँगको एकीकरणको विषय चर्चामा रहँदा पार्टी बिवाद चुलिएको छ । मिश्रले पार्टीमा विचारभन्दा देश भन्ने दस्ताबेज ल्याएदेखिनै पार्टीमा विवाद छ ।

पार्टीमा विवाद आएदेखिनै संयोजकसमेत रहेका मिलन पाण्डे सहित केशव दाहाल, रन्जु दर्शना, पुकार बम, रमेश पौड्याल लगायत मिश्रको विपक्षमा उभिएका छन् । तर, अहिले रवीन्द्र मिश्रले साथ् लिएका केहि नेताहरुसँगको आन्तरिक भागबण्डा नमिलेपछि विवाद उत्पन्न भएको मिश्र पक्षका नेताहरुको दाबी छ ।

गण्डकी प्रदेशमा शुशिला केसी अधिकारीलाई र प्रदेश दुईमा धनपति महतोलाई रवीन्द्र मिश्रले नियुक्त गरेपछि पार्टीमा विवाद भएको हो । ‘निर्देश सिलवालले गण्डकी प्रदेशमा आफू निकट नेता चाहन्थे, सारथी प्रदेश दुईमा आफू संयोजक हुन चाहन्थे र विराजभक्त श्रेष्ठ बागमती प्रदेशको नेतृत्व हुन चाहन्थे । यो नमिलेपछि विवाद आएको हो,’ मिश्र पक्षका एक नेताले भने ।

आज बैठक बसेर मिश्रलाई कारबाही गर्ने र त्यसको जानकारीमा दिन पत्रकार सम्मेलन गर्ने तयारी असन्तुष्ट पक्षको छ । उक्त पक्ष मिश्रलाई कारबाही गर्न हस्ताक्षर संकलन गरेर निर्वाचन आयोग जाने तयारीमा रहेको जनाइएको छ । मिश्र भने पार्टीमा अनुशासन कायम नराखेको भन्दै असन्तुष्ट पक्षलाई कारबाहीको तयारीमा छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस