ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिङमार्फत थप सेवा

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ चैत्र १४, सोमबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

चैत्र १३,काठमाडौँ । ग्लोबल आइएमई बैंकले नेपाल–भारतभित्रका ग्राहकहरुलाई क्यूआर सुविधा दिन पेमेन्ट नेपाल (गेटवे पेमेन्ट सर्भिस) सँग सम्झौता गरेको छ ।

उक्त सम्झौता अनुसार बैंकको मोबाईल बैंकिङ एप प्रयोग गरी भारतमा आफ्ना ग्राहकहरुलाई सामान खरिद गर्दा क्यूआर मार्फत भारतपे, पाइथम, गुगल प्लेलगायतका विभिन्न भारतीय भुक्तानी प्रणालीमा कारोवार गर्न सकिनेछ । उक्त सुविधा प्रदान गर्नको लागि सम्झौता पत्रमा ग्लोबल आइएमई बैंकलेको तर्पmबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र पेमेन्ट नेपालको तर्पmबाट प्रमुख कार्यकारी अधिकृत राजेश प्रसाद मानन्धरले हस्ताक्षर गरेका छन् ।

सेवा संचालनमा आएपश्चात, यस सुविधाबाट नेपाल र भारतबीचको क्रस बोर्डर (सीमा वारपार) भुक्तानी सम्भव बैंकले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस