दुर्घटनामा परेका न्यायाधीश थपलियाको स्वास्थ्यमा सुधार, अर्का न्यायाधीश अझै भेन्टिलेटरमा

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७८ चैत्र १५, मंगलबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

चैत्र १५, काठमाडौ । सवारी दुर्घटना हुँदा गम्भीर घाइते भएका सिरहा जिल्ला अदालतका दुईजना न्यायाधीश मध्ये एकजनाको स्वास्थ्यमा सुधार भएको छ । चैत ६ मा धनुषाको गणेशमान चारनाथ नगरपालिका–४ मा गाडी दुर्घटनामा परेर न्यायाधीश ध्रुवप्रसाद उप्रेती र पुष्पराज थपलिया घाइते भएका थिए ।

उनीहरुको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । न्यायाधीश थपलियाको स्वास्थ्यमा सुधार आएको छ । उनलाई भेन्टिलेटरबाट आईसीयुमा सारिएको महानगरीय प्रहरी परिसर ललितपुरका एसपी सिद्धिविक्रम शाहले रातोपाटीलाई बताए । न्यायाधीश उप्रेतीको भेन्टिलेटरमा उपचार जारी छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत चारनाथको वीरेन्द्रबजारमा न्यायाधीशहरु चढेको बा २ झ ३९३२ नम्बरको सरकारी कार र ना।१ ज ६५०७ नम्बरको विंगर ठोक्किएको थियो । अवस्था गम्भीर भएपछि उनीहरुलाई सिम्रिक एयरको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो । ओभरटेक गर्ने क्रममा न्यायाधीशहरु सवार कार वींगरसँग ठोक्किएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस