नेपाल बैंकले देशैभरि भब्य रुपमा “ग्लोबल मनिविक”मनायो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ चैत्र १६, बुधबार (२ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

चैत्र १६, काठमाडौ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले देशै भरि वित्तीय साक्षरता कार्यक्रमहरु संचालन गरि ग्लोबल मनिविक भब्य रुपमा सम्पन्न गरेको छ । बैंकले देशका सम्पूर्ण व्यक्तिहरुमा वित्तीय सेवाको पहुँच पुर्याउने र हरेका वर्ग र क्षेत्रका मानिसहरुलाई वित्तीय चेतना प्रदान गरि वित्तीय सशक्तिकरण गर्ने उद्देश्यले सो कार्यक्रम संचालन गरेको जनाएको छ ।

ग्लोबल मनिविक २०२२ को थिम “बिल्ड योर फ्युचर, वि स्मार्ट अवाउट मनि” र ग्लोबल मनिविक को स्थायी नारा “लर्न सेभ अर्न”लाई सार्थक बनाउने प्रयास स्वरुप बैंकले वित्तीय साक्षरता कार्यक्रमहरु सञ्चालन गरेको जनाएको छ ।

बैंकका सात वटै प्रदेश अन्तर्गतका शाखाहरुले विद्यार्थी, महिला, किसान, उद्यमीलगायत समाजका विभिन्न बर्गका व्यक्तिहरु लाभान्वित हुने गरि विभिन्न प्रकृतिका वित्तीय साक्षरता कार्यक्रमहरु सञ्चालन गरेको जनाएको छ । बाग्मती प्रदेशअन्तर्गत १७, लुम्विनी प्रदेश अन्तर्गत २५, प्रदेश नं १ अन्तर्गत २३, मधेश प्रदेश अन्तर्गत १९, सुदुरपश्चिम र कर्णाली प्रदेश अन्तर्गत ३ वटा शाखाहरुमा गरि कुल ८७ वटा स्थानमा उक्त कार्यक्रमहरु सञ्चालन गरिएको र ती कार्यक्रमहरुमा करिब ५००० सहभागि रहेका थिए ।

नेपाल बैंकले यस आर्थिक वर्षको योजनातथा कार्यक्रममा नै वित्तीय साक्षरतालाई विशेष जोड दिएको र सोहि अनुरुप वित्तीय साक्षरता अभियान यो वर्षभरि नै सञ्चालन हुने बैंकले जनाएको छ । हालसम्म बैंकले आफ्ना १६० शाखाहरुबाट करिब १५००० सहभागिहरुलाई वित्तीय साक्षरता प्रदान गरिसकेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस