कस्तो रहनेछ आजको मौसम ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ चैत्र १७, बिहिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

चैत्र १७, हाल देशमा भारतको विहार आसपासमा रहेको न्यून चापीय प्रणाली र स्थानीय वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल पहाडी भूभागमा सामान्य बदली रही अन्य भूभागमा सामान्यतया मौसम सफा रहेको छ ।

दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश लगायत गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति प्रदेश १ लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । ती प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

शुक्रबार प्रदेश १ को थोरै र बागमती तथा गण्डकी प्रदेशका एक(दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

ताजा अपडेट

खोजी गर्नुहोस