नेपाल बैंकको “ग्लोबल मनिविक” गण्डकी प्रदेशमा सम्पन्न

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ चैत्र १७, बिहिबार (२ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

चैत्र १७, पोखरा । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले गण्डकी प्रदेशमा वित्तीय साक्षरता कार्यक्रमहरु संचालन गरि “ग्लोबल मनिविक”भब्यरुपमा सम्पन्न गरेको छ । गण्डकी प्रदेश अन्तर्गतका सम्पूर्ण व्यक्तिहरुमा वित्तीय सेवा पुर्याउने र यस प्रदेशका हरेक वर्ग र क्षेत्रका मानिसहरुलाई वित्तीय चेतना प्रदान गरि वित्तीय सशक्तिकरण गर्ने उद्देश्यले सो कार्यक्रम सञ्चालन गरेको बैंकले जनाएको छ ।

ग्लोबल मनिविक २०२२ को थिम “बिल्ड योर फ्युचर, वि स्मार्ट अबाउट मनि” र ग्लोबल मनिविक को स्थायी नारा “लर्न सेभ अर्न”लाई सार्थक बनाउने प्रयास स्वरुप बैंकले गण्डकी प्रदेशमा अभियानकै रुपमा वित्तीय साक्षरता कार्यक्रमहरु सञ्चालन गरेको जनाएको छ ।

फागुन ७ देखि १३ गते सम्म चामे मनाङ्ग, गोरखाको जौबारी,कास्की पोखराको पृथ्वीचोक, अमरसिङ्, बगर र हेम्जा साथै बाग्लुङ्ग जिल्लाको बुर्तिवाङ् गरि ७ स्थानहरुमा यस बैंकका शाखाहरुले विद्यार्थी, महिला, किसान, उद्यमीलगायत समाजका विभिन्न बर्गका व्यक्तिहरु लाभान्वित हुने गरि वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेका छन् ।

बैंकले गण्डकी प्रदेशमा यस आर्थिक बर्षको शुरु देखि हालसम्म २० वटा वित्तीय साक्षरताका कार्यक्रमहरु संचालन गरेको र उक्त कार्यक्रमहरुबाट करिब १५०० व्यक्तिहरु लाभान्वित भएको बैंकले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस