तीन डीआइजी एआईजीमा बढुवा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ चैत्र १७, बिहिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

चैत्र १७, काठमाडौँ । सरकारले तीन प्रहरी नायव महानिरीक्षक (डीआइजी)लाई अतिरिक्त महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको छ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले बसन्त पन्त, रविन्द्र धानुक धीरजप्रताप सिंहलाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेको हो ।

गृह मन्त्रालयको बढुवा सिफारिस समितिले चैत १ गते डीआईजीहरु बसन्त पन्त, रवीन्द्र धानुक र धीरजप्रताप सिंहलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो । लोकसेवा आयोगले सिफारिस सदर गरेसँगै ३ जना डीआईजीलाई एआईजी बढुवा गर्न सरकारलाई बाटो खुलेको थियो ।

तर, उक्त सिफारिसविरुद्ध लोकसेवा आयोगमा उजुरी परेको थियो । बढुवा भएकामध्ये धीरजप्रताप सिंह र रवीन्द्र धानुक आफूहरुभन्दा जुनियर भएको भन्दै प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीका ब्याची ईश्वरबाबु कार्की, घनश्याम अर्यालले बढुवा उपर उजुरी सुन्ने समिति (लोकसेवा आयोग)मा उजुरी दिएका थिए ।

उजुरी परेसँगै छानवीन समिति गठन गरेको थियो । उक्त समितिले छानविनपछि बढुवाको लागि सिफारिस गरेको थियो । बुढावा सिफारिस भएसँगै तीनमध्ये एक जना प्रहरी महानिरीक्षक बन्ने बाटो खुलेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस