स्थानीय चुनावका लागि सत्ता गठबन्धनले संयन्त्र बनाउने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ चैत्र १७, बिहिबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

चैत १७, काठमाडौँ । सत्तारूढ गठबन्धनले आसन्न स्थानीय तहको निर्वाचनमा तालमेल गरेर अघि बढ्ने निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले आगामी स्थानीय तहको निर्वाचनमा पाँच दलहरू मिलेर निर्वाचनमा सहभागी हुने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार निर्वाचनमा तालमेल गर्न गठबन्धनमा सहभागी दलहरूका प्रदेश स्तरीय प्रमुख, जिल्लास्तरीय प्रमुख र गाउँपालिकाका प्रमुखहरूको एउटा संयन्त्र बनाउने र उक्त संयन्त्रले आफ्नो पार्टीको विवरण बुझाएपछि स्थानीय तहको निर्वाचनमा गठबन्धनको तालमेलमा सहभागी हुनेछ ।

‘स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धनले तालमेल गरेर अघि बढ्ने निर्णय भएको छ’, उनले भने, ‘जिल्लास्तरमा जिल्लास्तरीय प्रमुखहरूको एउटा समिति बन्छ । समितिले आफ्नो काम प्रारम्भ गर्छ । त्यस्तै गाउँपालिका स्तरमा गाउँपालिकाका प्रमुखहरूको एउटा संयन्त्र बन्छ र त्यसले काम गरेर २२ गतेभित्रमा आफ्नो प्रदेश, जिल्ला र गाउँपालिकामा ५ दलको अवस्था कस्तो छ, त्यसको बारेमा केन्द्रलाई विस्तृत रूपले आफ्नो प्रतिवेद पेस गर्दछ ।’

मन्त्री कार्कीले बैठकमा सहभागी गठबन्धनका नेताहरुले भोलि (शुक्रबार) भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री शेरबहादुर देउवालाई भ्रमण सफलताको शुभकामना दिएको पनि बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस