एइसीको सिकाइ,अनुभव आदानप्रदान र योजना सम्बन्धि दुईदिने कार्यशाला गोष्ठी सम्पन्न

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ चैत्र १७, बिहिबार (२ साल अघि)
  • ६ पटक पढिएको
Post Thumbnail

चैत्र १७, काठमाडौ । उद्योग बाणिज्य महासंघ अन्तर्गत कृषि उद्यम केन्द्रको आयोजना तथा ग्रामीण उद्यम रेमिट्यान्स परियोजना (समृद्धिको) सहयोगमा सिकाइ,अनुभव आदानप्रदान र योजना सम्बन्धि दुईदिने कार्यशाला गोष्ठी इटहरीमा सम्पन्न भएको छ।

प्रदेश १ का सबै जिल्लाको उद्योग बाणिज्य संघका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको गोष्ठीको समापनमा केन्द्रका सभापति अरुणराज सुमार्गीले जिल्ला र नगरका उद्योगीलाई शक्तिशाली बनाउन आफू प्रतिबद्ध रहेको बताए । उनले दुई दिनको सिकाइ तथा अनुभव आदानप्रदानले आगामी योजना बनाउन महत्त्वपूर्ण सहयोग पुर्याउने बताए । गोष्ठीलाई दिपेन्द्र घिमिरे,राजु शर्मा र श्याम भण्डारीले सहजीकरण गरेका थिए भने उद्योग संगठन मोरङका सचिव चुणामणी भट्टराईले अनुभव शेयर गरेका थिए ।

गोष्ठीमा उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य राजेन्द्र राउत, उद्योग बाणिज्य महासंघका प्रदेश १ का अध्यक्ष टिकाराज ढकाल, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव शालिकराम दाहाल उद्योग बाणिज्य संघ इटहरीका अध्यक्ष भिम पौडेल लगायत विभिन्न उद्योगी तथा व्यवसायीको उपस्थिति रहेको थियो ।

गोष्ठीमा ईलाम उद्योग बाणिज्य संघका अध्यक्ष इश्वर चिपालुले १० औं बर्ष अघिदेखिनै पहाडी जिल्ला र अरु जिल्ला उद्योग बाणिज्य संघले सिइयो नपाएकोले यसको लागी लबिङ गरेका थिए । त्यसको लागि सभापति सुमार्गीले सिइयो व्यवस्थाको लागि आफुले पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । भने कटारी उद्योग बाणिज्य संघका अध्यक्ष पुष्कर खड्काले कृषि उद्यम केन्द्रले अघि सारेका योजना जिल्ला तहसम्म आउन सके कृषि क्षेत्र फस्टाउने बताएका थिए ।

त्यस्तै संखुवासभा उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णभक्त प्रधान , ताप्लेजुङका अध्यक्ष नारायण थापा,दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ,मेचीका अध्यक्ष ऋषिराज तिमिल्सिना, झापा उद्योग बाणिज्य संघका अध्यक्ष यम बहादुर श्रेष्ठ, धनकुटाका अध्यक्ष बिजय सन्तोषी राई लगायतले जिल्लाका समस्या,त्यसको समाधान र अनुभवको चर्चा गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस