कृषि उद्यम केन्द्रको आयोजनामा दुईदिने गोष्ठी बर्दिबासमा सुरु

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ चैत्र १८, शुक्रबार (२ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

चैत्र १८, बर्दिबास । उद्योग बाणिज्य महासंघ अन्तर्गत कृषि उद्यम केन्द्रको आयोजना तथा ग्रामीण उद्यम रेमिट्यान्स परियोजना (समृद्धिको) सहयोगमा सिकाइ,अनुभव आदानप्रदान र योजना सम्बन्धि दुईदिने कार्यशाला गोष्ठी बर्दिबासमा सुरु भएको छ।

गोष्ठीमा प्रमुख अतिथिको रूपमा रहेका मधेस प्रदेशका सदस्य तथा रौतहट उद्योग वाणिज्य महासंघ का अध्यक्ष पण्डित प्रसाद जैसवालले कृषि उद्यम केन्द्र वा उद्योग वाणिज्य महासंघले जिल्लासंग सहकार्य गरेर अघि बढनुपर्ने बताए । सभापति सुमार्गीले केन्द्रले गरेको कामको बिषयमा प्रष्ट पारेका थिए ।

उनले जिल्ला/ नगरका अध्यक्षले आफ्नो भुमिका खोज्नपर्ने बेला आएको बताए । जिल्ला,नगर र गाउँमा व्यवसायीको समस्यालाई बलियो ढंगले उठाउनुपर्ने बताए । गोष्ठीमा मधेस प्रदेशमा रहेका ८ वटै जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष र नगर अध्यक्षहरुको सहभागिता रहेको थियो । गोष्ठी आज र भोलिसम्म चल्नेछ । गत बुधबार र बिहिवार मात्रै इटहरीमा केन्द्रले सोही किसिमको गोष्ठी गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस