देउवा-मोदी भेट, यस्तो छ कार्यतालिका

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ चैत्र १९, शनिबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

चैत १९, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने भारतको औपचारिक भ्रमणमा रहेका छन् । शुक्रबार भारतको राजधानी नयाँ दिल्ली पुगेका प्रधानमन्त्री देउवाले आज भारतीय समकक्षी नरेन्द्र दामोदर मोदीलाई भेट्ने कार्यतालिका रहेको छ ।

मोदीलाई भेट्नुअघि प्रधानमन्त्री देउवा राजघाट जाने र १०ः४० बजे महात्मा गान्धीको समाधि स्थलमा फूलामाला अर्पण गर्ने तथा एक मिनेट मौनधारण गर्ने कार्यतालिका तय गरिएको छ । लगतै देउवासहितको टोली हैदराबाद हाउसका लागि प्रस्थान गर्नेछन् ।

हैदराबाद हाउसमा ११ः१५ देखि ११ः४५ बजे प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीबीच वान टू वान वार्ता हुनेछ । ११ः४५ देखि १२ः१५ सम्म दुई देशका प्रतिनिधिमण्डलबीच वार्ता हुनेछ भने १२ः१५ देखि १२ः३० बजेसम्म विभिन्न सम्झौतामा हस्ताक्षर हुनेछ ।

सम्झौतामा हस्ताक्षर गरेपछि प्रधानमन्त्री मोदीले प्रधानमन्त्री देउवाको सम्मानमा दिवा भोजको आयोजना गर्नेछन् । दिउँसो १ः३० बजेदेखि १ः३५ बजेसम्म प्रधानमन्त्री देउवाले आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । त्यहाँबाट होटल फर्केर साँझ ५ः३० बजे भारतीय व्यवसायीहरूसँगको अन्तरक्रियामा प्रधानमन्त्री देउवाले भाग लिने कार्यतालिका तय गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस