एमबिबिएस प्रवेश परीक्षामा ३४ हजार ६६५ जनाको आवेदन

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७८ चैत्र १९, शनिबार (२ साल अघि)
  • ५ पटक पढिएको
Post Thumbnail

चैत १९, काठमाडौँ । चिकित्सा शिक्षा आयोगले सुरु गरेको स्नातक तहको एकीकृत एमबिबिएस प्रवेश परीक्षामा ३४ हजार ६६५ जनाले आवेदन दिएका छन् ।

तीन दिनसम्म चल्ने परीक्षाको पहिलो दिन १९ हजार ५ सय ८ जना सहभागी थिए । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शुक्रबार भएको परीक्षाको निरीक्षण गर्दै परीक्षामा कुनै प्रश्न उठ्ने वातावरण सिर्जना नगर्न निर्देशन दिएका छन् ।

मन्त्री पौडेल नेपाली सेनाको शिक्षण अस्पताल र हेराल्ड अन्तर्राष्ट्रिय कलेजमा निरीक्षणमा गएका थिए । सो परीक्षाका लागि १ सय ११ परीक्षा केन्द्र तोकिएको आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस