तरकारीको आयातमा वृद्धि, आलुमा मात्रै ६ अर्ब ८१ करोड बाहिरियो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ चैत्र १९, शनिबार (२ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

चैत १९, काठमाडौँ । नेपालमा चालु आर्थिक वर्षको आठ महिनामा विश्वका चार देशबाट तरकारीको आयातमा वृद्धि भएको छ । आर्थिक वर्ष २०७७/७८ को फागुन मसान्तमा ११ अर्ब ५२ करोड ९५ लाख ९७ हजार मूल्य बराबरको आलु, प्याज र गोलभेँडा भारत, चीन, बङ्गलादेश तथा इन्डोनेशियाबाट आयात भएको हो ।

तरकारीमा सबैभन्दा धेरै आलु आयात भएको छ । आलु ६ अर्ब ८१ करोड २८ लाख दुई हजार मूल्यको भारतबाट २५ करोड ८१ लाख ३२ हजार ८३७ किलो र बङ्गलादेशबाट एक करोड ४६ लाख ३८ हजार ८०० किलो आयात भएको भन्सार विभागले जनाएको छ ।

सोही अवधिमा प्याज भारत र चीनबाट ४ अर्ब ३० करोड ५५ लाख ३९ हजार रुपैंयाको आयात भएको छ । विभागका अनुसार भारत र ईन्डोनेसियाबाट गोलभेँडा ४१ करोड १३ लाख ५६ हजार रुपैंयाको आयात गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस