आउने भयो नेपाल्स सिङ्गिग सुुपरस्टार

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७८ चैत्र २०, आईतबार (३ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

काठमाडौँ । भ्वाइस स्टार नेपाल प्रा. लि. ले निर्माण गर्न लागेको र इमेज एच डी मा प्रसारण गर्न लागिएको रियालिटी शो नेपाल्स सिङ्गिग सुुपरस्टारको अडिशन खुुला गरिएको कार्यक्रमका निर्माता सुरज लाल जोशीले जानकारी दिएका छन् ।

अन्य रियालिटी शो मा भाग लिइसकेका वा पाँच वर्ष भन्दा बढी अवधि देखि सांगितिक क्षेत्रमा सक्रिय गायक गायिकालाई प्रतिस्पर्धीको रुपमा समावेश गरि निर्माण गर्न लागिएको नेपाल्स सिङ्गिग सुपर स्टारको डिजिटल अडिशनमा समावेश हुनको लागि नेपाल्स सिङ्गिग सुुपरस्टारको आधिकारिक फेसबुुक पेजमा गएर सो पेजको म्यासेज बक्समा वा नेपाल्स सिङ्गिग सुपरस्टारको इमेलमा आफूले गाएको बढीमा दुुई मिनेट सम्मको भिडियो पठाउनु पर्ने छ ।

अडिशनमा छानिएका प्रतिस्पर्धीलाई भ्वाइस स्टार नेपाल प्रा. लि. बाट सम्पर्क गरिने जानकारी समेत निर्माता जोशीले दिएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस