सभापति सुमार्गीलाई लालबन्दी उद्योग वाणिज्य संघमा स्वागत

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ चैत्र २१, सोमबार (२ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

चैत्र २१,काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य तथा कृषि उद्यम केन्द्रका सभापति अरुणराज सुमार्गीलाई लालबन्दी उद्योग वाणिज्य संघले स्वागत गरेको छ ।

सभापति सुमार्गीलाई लालबन्दीका अध्यक्ष कल्याण कुमार श्रेष्ठ,महासचिव महासचिव दिपक बलम्पखा लगायतको टोलीले स्वागत गरेको हो । सो क्रममा सुमार्गीले संघको नवनिर्मित भवनको समेत अवलोकन गरेका थिए ।

उनले छोटो समयमा नै लालबन्दी नगर उद्योग वाणिज्य संघले अत्याधुनिक भवन बनाउन सफल भएको भन्दै संघको सफलताको शुभकामना व्यकत् गरेका थिए ।

सुमार्गीले आगामी दिनमा व्यवसायीको हितको लागि अझै सक्रियतापुर्वक लाग्ने बिश्वास व्यक्त गर्दै उद्योग वाणिज्य संघ जहिल्यै व्यवसायीको हितमा लाग्नुपर्ने बताए ।

 

ताजा अपडेट

१ घण्टा अघि

आज सुनको भाउ कति ?

खोजी गर्नुहोस