अनलाइन बिङ्गो खेलेको आरोपमा बौद्धबाट १६ जना पक्राउ

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७८ चैत्र २१, सोमबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

चैत्र २१,काठमाडौँ । अनलाइन बिङ्गो खेलेको आरोपमा बौद्धबाट १६ जना पक्राउ परेका छन् ।
काठमाडौं महानगरपालिका-६ बौद्ध प्लाटिङस्थित खाजा घरबाट अनलाइन बिङ्गो खेलिरहेको अवस्थामा कागेश्वरी मनोहरा नगरपालिका-७ शिवचोक बस्ने सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका १ घर भएका २५ वर्षीय पासाङ शेर्पालगायत १६ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

उक्त खाजा घरमा अनलाइन बिङ्गो खेल खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

उनीहरुको साथबाट प्रहरीले नगद ७४ हजार १ सय ५० रूपैयाँ, १ हजार ५ सय पिस बिङ्गो टिकट र २ थान स्पिकर बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ

ताजा अपडेट

खोजी गर्नुहोस