४० रुसी कुटनीतिज्ञलाई पाँच दिनभित्र जर्मन छोड्न आदेश

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७८ चैत्र २२, मंगलबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

चैत्र २२,काठमाडौँ । जर्मनीले ४० रुसी कुटनीतिज्ञलाई पाँच दिनभित्र देश छोड्न आदेश दिएको छ । बर्लिनले ठूलो संख्याका रुसी राजदूतावासका अधिकारीले प्रत्येक दिन जर्मनीको स्वतन्त्रता विरुद्धमा काम गरिहेको आरोप लगाएको छ । रुसीले जर्मनहरुको ऐक्यबद्धताको विरोधमा काम गरिरहेको समेत बर्लिनले आरोप लगाएको छ । विदेश मन्त्री अन्नालेना बेयरबकले आफूहरुले लामो समयसम्म यो सहन गर्न नसक्ने पनि बताएकी छिन् ।

यदि कुटनीतिज्ञहरूलाई अनिच्छित व्यक्तिको रुपमा हेर्ने हो भने यसको अर्थ उनीहरुलाई हटाउनु भन्ने लाग्छ । यो निर्णय रुसी राजदूत सर्गेइ नेट्स्चायेभलाई पनि जानकारी गराइसकिएको बेयरबकले भनेकी छिन् ।

यी व्यक्तिहरुलाई देश छोड्नका लागि पाँच दिनको समयसीमा तोकिएको छ । स्थानीय संचार माध्यमहरुका अनुसार रुसी विदेश सेवाका कर्मचारीहरुमाथि मस्कोलाई जासुसीको काम गरिरहेको आशंका गरिएको छ ।

‘बुचाको अवस्थाले रुसी नेतृत्वको क्रुरतापूूर्ण अवस्था र प्रोपोगान्डा पछ्याउनेहरुको चित्रण गरेको छ,’ उक्त निर्णय सुनाउँदाको समयमा बेयरबकले भनेकी छन् ।
उनको घोषणामा समर्थन गर्नका लागि उनले कुनै प्रमाणको प्रस्ताव गरेकी छैनन् । बुचाबाट रुसी सेनाको फिर्तिपछि किभको बस्तीमा सयौँ सर्वसाधारणको हत्या गरिएको पाइएको थियो ।

युक्रेनले आम हत्याका लागि रुसी सेनामाथि आरोप लगाएको छ । रुसी सेनाहरु यो सानो बस्तीमा केही समयका लागि बसेका थिए । पश्चिमा राजनीतिज्ञहरू यो विषयमा युक्रेनको पक्षमा उभिए पनि पेन्टागनले यो दावीलाई समर्थन गर्ने कुनै निष्पक्ष प्रमाण भने फेला नपरेको बताएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस