नेपाल बैंकका ग्राहकलाई दराजले छुट दिने ! यस्तो छ बिशेष अफर

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ चैत्र २२, मंगलबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

चैत्र २२,काठमाडौँ । मंगलबार नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र अनलाइन सपिङ पोर्टल दराज केयमु प्रा.लि. बिच बैंकमा खाता रहेका ग्राहकहरुलाई नेपाली नयाँ वर्षको अवसरमा छुट प्रदान गर्ने सम्झौता भएको छ । यो योजना २०७८ चैत्र२८ देखि लागू हुनेछ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र दराजको तर्फबाट प्रबन्ध निर्देशक आँचल कुँवरले हस्ताक्षर गरेका छन् । नेपाल बैंकले आफ्ना ग्राहकहरुलाई छुट प्रदान गर्न ई–कमर्स प्लेटफर्मसँग साझेदारी गरेको यो पहिलो पटक हो ।

नेपाल बैंकमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरुले दराजद्वारा अनलाइन सामान खरिद गर्दा डेबिट कार्डको माध्यममार्फत अग्रिम भुक्तानीमा अधिकतम १० प्रतिशत वा रु १,००० सम्मको छुटर क्रेडिट कार्डको माध्यम मार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा रु १,५०० सम्मको छुट प्राप्त गर्न सक्नुहुनेछन् ।

उक्त छुट प्रप्त गर्नको लागि ग्राहकहरुले आफ्नो कार्डमाई–कमर्स सक्रिय गर्नुपर्छ । त्यसको लागि ग्राहकहरुले नेपाल बैंकको शाखाहरुमा सम्पर्क गर्नुपर्दछ । बैंकले ग्राहकहरूलाई आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्न र क्रेडिट कार्डको लागि आजै आवेदन दिनसमेत आग्रह गरेको छ ।

नेपाल बैंकले निरन्तर नविनतामा जोड दिँदै आएको र डिजिटल ग्राहकको संलग्नता बढाउन समर्पित छ । सम्झौता समारोहमा बोल्दै नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले यस्ता डिजिटल सेवाहरू बढाएर र नयाँ प्राविधिक आविष्कारहरूसँग अनुकूलन गरेर नेपालको सम्पूर्ण बैंकिङ्ग उद्योगलाई नयाँ आकार दिन सकिने बिचार व्यक्त गरे । दराजकी प्रबन्ध निर्देशक आँचल कुवँरले नेपालको पहिलो तथा सबल बैंकसंग सहकार्य गर्न पाएकोमा खुशि व्यक्त गरिन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस