सीजी मोटोकर्पले ल्यायो ‘सुजुकी Happy New Car’ योजना

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ चैत्र २२, मंगलबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले यस नया बर्षका लागि आकर्षक ग्राहक योजना ‘सुजुकी Happy New Car’ सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत ग्राहकले दुई लाख रुपैयाँसम्म बराबरको नगद छुट,एक लाख पच्चिस हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस,१ वर्षको सवारी बीमा र स्क्र्याच कार्ड मार्फत पचहत्तर हजारसम्म अतिरिक्त छुट पाउनेछन् ।

यो योजना नेपालभर रहेका सुजुकी गाडीका ३८ वटै सोरूमहरुमा लागू हुनेछ । सुजुकीका विभिन्न मोडेलहरुका कारहरु बमोजिम फरक फरक हिसाबका छुटहरु लागू हुनेछन । सुजुकी ब्रान्डले एस्प्रेसो, वागेन आर्,सेलेरिओ, इग्निस्, स्विफ्ठ्, बलेनो, डिजाएर, सिआज्,ब्रेज्जा,एस्क्रस्, एर्टिगा, एक्स्एलसिक्स्,इको,इको कार्गो र सुपर क्यारी गरी नेपालमा सबैभन्दा बढी गाडीका मोडेलहरु विक्री बितरण गर्दै आएको छ ।
यो योजना सिमित अवधिका लागी मात्र जारी गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस