स्थानीय तह चुनाव: निर्वाचन आचारसंहितालाई पालना गर्न दलहरूको प्रतिबद्धता

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ चैत्र २२, मंगलबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

चैत्र २२,काठमाडौँ । आउँदो वैशाख ३० गते हुने स्थानीय तह चुनावमा निर्वाचन आचारसंहितालाई पालना गर्न राजनीतिक दलहरूले प्रतिबद्धता व्यक्त गरेका छन् । स्थानीय तह चुनावमा भाग लिन निर्वाचन आयोगमा दर्ता भएका ७९ वटा राजनीतिक दलसँग निर्वाचन आयोगले निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाउनका लागि आज मङ्गलवार छलफल गरेको थियो ।

छलफलका लागि निर्वाचन आयोगको कार्यालयमा पुगेका राजनीतिक दलका प्रतिनिधिले निर्वाचन आचारसंहितालाई प्रभावकारी कार्यान्वयन गर्नका लागि पालना गर्ने प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । चुनाव आचारसंहिता आयोगले राजनीतिक दलहरूबाट प्राप्त सल्लाह, सुझावलाई समेत समेट्दै ऐन, कानुन र संविधानअनुसार बनाएर राजपत्रमा समेत प्रकाशित भइसकेको उल्लेख गर्दै त्यही आचारसंहितामा दलहरूलाई हस्ताक्षर गराइएको उनले जानकारी दिए ।

बैठकको सुरुमा नै आचारसंहिता पालना गर्नका लागि प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्न निर्वाचन आयोगले आग्रह गरेसँगै केही राजनीतिक दलहरूले छलफलविनै हस्ताक्षर गराउन लागिएको भनेर असन्तुष्टि व्यक्त गरेका थिए । तर प्रमुख निर्वाचन आयुक्तले आचारसंहिताको बारेमा प्रष्ट पारेसँगै दलहरू असन्तुष्टिकै बीच हस्ताक्षर गर्न तयार भएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस