अभिनेता केसी काठमाण्डौ महानगरपालिकाको मेयरमा उठ्ने

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ चैत्र २३, बुधबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

चैत्र २३,काठमाडौँ । अभिनेता भुवन केसी काठमाण्डौ महानगरपालिकाको मेयर पदमा उठ्ने भएका छन् ।

केसी उन्नत लोकतान्त्रिक पार्टीका तर्फबाट काठमाण्डौको मेयरमा उठ्न लागेका हुन् । स्वागत नेपाल अध्यक्ष रहेको पार्टीले काठमाण्डौको मेयरमा भुवन र उपमेयरमा रेश्मा लामालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

केसीको चुनाव चिह्न किताब हुनेछ । मेयरका उम्मेदवार केसीले महानगरवासीलाई सहरिया गरिबी, डेरावालका व्यवस्थापनका समस्या तथा घरेलु हिंसाका मुद्दामा सही न्याय दिँदै सामाजिक न्यायलाई प्रत्याभूत गर्ने विश्वास लिएको पार्टीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस