तत्काल पानी पर्ने सम्भावना न्युन, गर्मी अझै बढ्ने

चैत्र २३,काठमाडौँ । तत्काल पानी पर्ने सम्भावना नरहेकाले गर्मी अझै बढ्ने मौसमविद्ले बताएका छन् ।

नेपालमा अहिले पर्याप्त मात्रामा जलवाष्पयुक्त हावा नबनेकाले तत्काल पानी पर्ने सम्भावना नरहेको मौसमविद् निराजन सापकोटाले बताउनुभयो । उनकाअनुसार भारतको बिहार तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभावले प्रदेश–१, वाग्मती र गण्डकी प्रदेशमा दिउँसोपछि मौसम आंशिकदेखि सामान्य बद्ली भइ एक/दुई ठाउँमा हल्का पानी पर्नेछ । तर, देशका अन्य क्षेत्रमा भने तत्काल पानी पर्ने सम्भावना छैन ।

बिहारमा बनेको न्यून चापीय प्रणालीकै असरका कारण केही दिनयता यी तीन प्रदेशका पहाडी क्षेत्रमा मेघगर्जनसहित हल्का वर्षा भइरहेको छ । तर, यो प्रणालीको सामान्य प्रभाव मात्रै परेकाले यी प्रदेशमा पनि राम्ररी पानी परेको भने छैन ।

आज पनि प्रदेश–१, गण्डकी र वाग्मती प्रदेशका पहाडी क्षेत्रका एकरदुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का पानी पर्ने अनुमान गरिएको मौसमविद् निराजन सापकोटाले बताए ।

संम्बन्धित समचार

Leave a Reply