खुमलटार पुगेर पित्तबहादुर भने, ‘परिबन्दमा परे, जनताले छाडेनन्’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ चैत्र २३, बुधबार (२ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

चैत २३, काठमाडौँ । नेकपा (माओवादी केन्द्र) परित्याग गरी सोमबार नेकपा एमाले प्रवेश गरेका धादिङको बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटी (हरि) माओवादी केन्द्रमै फर्किएको बताएका छन् । आज प्रचण्ड निवास खुमलटार पुगेर आफू पुनः नेकपा माओवादी केन्द्रमै फर्किएको बताएका हुन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार डल्लाकोटी आज बिहान खुमलटार पुगेर उनले अध्यक्ष प्रचण्डलाई भेटेका हुन् । डल्लाकोटीले आफू परिबन्दमा परि एमालेमा प्रवेश गरेको स्पष्टिकरण दिएका छन् ।

‘अध्यक्षज्यू, केहि मान्छेको परिबन्दमा परि बालकोट पुगेँ । यसमा मेरो गल्ती भो,’ डल्लाकोटीको भनाइ उदृत गर्दै मल्लले भने । तर, जनता र कार्यकर्ताले आफूलाई २ दिनसम्म नछोडेको र राति सुत्न नदिएको प्रचण्डलाई डल्लाकोटीले स्पष्टिकरण दिए ।

‘मलाई मैले बनाको पार्टी, कार्यकर्ता र मलाई निर्वाचित गर्ने जनताले २ दिनसम्म छोडेनन्, सुत्न नि दिएनन्। मैले आज मेरा कार्यकर्ता र जनताप्रति गर्व गर्छु । र, म २ दिनमै घर फर्केको छु,’ डल्लाकोटीले प्रचण्डलाई भनेका छन् ।

प्रचण्डले अब गल्ती महसुस गरिसकेकाले काममा फर्किन भनेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस