वेस्ट इन्डिजमाथि बंगलादेशको क्लिनस्वीप

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ मंसिर १६, आईतबार (६ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

मंसिर १६, काठमाडौं । वेस्ट इन्डिजसँगको दुई टेस्ट श्रृंखलामा घरेलु टोली बंगलादेशले क्लिन स्विप गरेको छ । अर्थात २ – ० ले जितेको छ । आईतबार सम्पन्न दोस्रो टेस्टमा वेस्ट इन्डिजलाई १ सय ८४ रनको इनिङ्स अन्तरले पराजित गर्दै बंगालादेशले क्लिन स्विप गरेको हो ।

बंगालादेशको जितमा स्पिनर मेहदी हसन मिराजको १२ विकेट लिए । हसनले पहिलो इनिङसमा ७ र दोस्रोमा ५ विकेट हात पारे । शेर बंगला नेशनल स्टेडियममा ५ विकेटको क्षतिमा बनाएको ७५ रनबाट तेस्रो दिनको खेल थालेको वेस्ट इन्डिज पहिलो इनिङसमा १ सय ११ रनमा समेटिएपछि बंगलादेशले पुन ब्याटिङ गर्न दिएको थियो ।

दोस्रो इनिङसमा आइतबारनै ५९.२ ओभरमा अल आउट हुदैँ २ सय १३ रनमा समेटिएपछि बंगलादेश फराकिलो इनिङ्स अन्तरले विजयी भएको हो । वेस्ट इन्डिजका लागि दोस्रो इनिङसमा सिम्रोन हिटम्येरले ९३,शाइ होप २५ र केमर रोच ३७ रनमा नट आउट रहन बाहेक अन्य कुनैपनि ब्याटम्यानले सम्झन योग्य प्रर्दशन गर्न सकेनन् । बंगलादेशले पहिलो इनिङसमा ५ सय ८ रन बनाएको थियो ।

यसअघि भएको पहिलो टेष्ट खेलमा घरेलु टोली बंगलादेशले वेष्ट इन्डिजलाई ६४ रनले पराजित गरेको थियो । अब यी दुई टोलीबीच समान तीन वान डे र टी–२० श्रृंखला हुने छ । पहिलो वान डे खेल आगमी ९ डिसेम्बरमा ढाकामा हुने छ ।

ताजा अपडेट

खोजी गर्नुहोस