कृषि उद्यम केन्द्रका सभापति सुमार्गी हरियाणामा:आधुनिक कृषि परियोजनाको अवलोकनमा व्यस्त

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ चैत्र २४, बिहिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

चैत्र २४,काठमाडौँ । उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य तथा कृषि उद्यम केन्द्रका सभापति अरुणराज सुमार्गी यतिबेला भारतको हरियाणास्थित आधुनिक कृषि परियोजनाको अवलोकनमा छन् । केन्द्रको सय किसान अभियानलाई राष्ट्रव्यापी बनाउने र कृषिमा आधुनिक प्रविधिको प्रयोगलाई जोड दिन उनि देशसंगै विदेशको कृषिको अनुसन्धान तथा अवलोकन गरिरहेका छन् ।

सोही क्रममा उनले कृषि उत्पादनलाई औद्योगिककरण मार्फत बजारीकरण समेत गर्ने सफल भएको भारतको हरियाणामा रहेको एमएसजी ब्रान्डको उत्पादन देखि उद्योगसम्मको अवलोकन गरेका छन् । उनले अवलोकन पश्चात हाल नेपालमा देखिएको आर्थिक संकटलाई बिस्तारै सहि मार्गमा लैजान एमएसजीकै तरिका अपनाउदै कृषि उत्पादनलाई जोड दिने र उद्योगमार्फत आयात कम गरी निर्यातमा जोड दिन आवश्यक रहेका बताएका छन् ।

हरियाणामै रहेका सुमार्गीले अनलाइनकेन्द्रसंग कुराकानी गर्दै भने–म यतिबेला यहाँको कृषि योजना र प्रयोग गरिएको प्रविधिको अवलोक गरिरहेको छु , नेपालमा मैले सय किसान अभियान सुरु गरेको छु, यो अभियानलाई सिप,प्रविधि र पुँजीको अवश्यकता छ यसको पुर्ती गर्न सरकार,निजी क्षेत्र र स्वयम किसान लाग्न जरुरी छ हामी यो अभियानमा सफल हुन्छौँ भन्ने विश्वास छ । उनले छिमेकी मुलुकमा भइरहेको विकास र प्रविधिसंग नेपालले चासो राख्नुपर्ने र त्यही अनुसारको लागु गर्नपर्ने बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस