स्थानीय तह निर्वाचनका लागि आचार संहिता लागू

  • अनलाइन केन्द्र
  • / राशिफल /
  • २०७८ चैत्र २५, शुक्रबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

चैत २५, काठमाडौं।स्थानीय तह निर्वाचनका लागि आचार संहिता लागू भएको छ । निर्वाचन आयोगले शुक्रबार पत्रकार सम्मेलन गरी आचार संहिता आजकै मिति देखि लागू भएको जनाएको हो ।

आचार संहिता अनुसार कसैको पक्ष विपक्षमा सञ्चार माध्यम लगायत सामाजिक सञ्जालमा पोस्ट वा शेयर गर्न पनि पाइने छैन । दल वा उम्मेदवारले आधिकारिक पेजमा मात्र प्रचार गर्न पाउने आयोगले प्रष्ट पारेको छ ।

झोला, टिसर्ट, क्याप जस्ता सामाग्री छाप्न र वितरण गर्नसमेत रोक लगाइएको आयोगले जनाएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस