नारायण दाहाल राष्ट्रियसभा सदस्यमा मनोनित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ चैत्र २५, शुक्रबार (२ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

चैत २५, काठमाडौँ । सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले नारायण दाहाललाई राष्ट्रियसभा सदस्य मनोनीत गरेकी छन् ।

विहीबार बसेको मन्त्रिपरिषदको निर्णय अनुसार राष्टपति भण्डारीले दाहाललाई सदस्यमा मनोनित गरेको राष्टपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।

राष्ट्रियसभा सदस्य रामनारायण विडारीको पदावधि समाप्त भएपछि सो स्थानमा सरकारले दाहालको नाम सिफारिश गरेको हो । राष्ट्रियसभा सदस्य मनोनीत दाहाल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका भाइ हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस