धादिङको सबै तहमा सत्ता साझेदार दलको गठबन्धन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ चैत्र २५, शुक्रबार (२ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

चैत २५, काठमाडौँ । सत्ता साझेदार दलहरुले आगामी स्थानीय तहको निर्वाचनमा धादिङको सवै पालिका र वडामा गठबन्धन बनाएर चुनावमा उत्रने निर्णय गरेका छन् ।

गल्छी गाउपालिका बैरेनीमा शुक्रवार सम्पन्न नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका नेताहरूको संयुक्त बैठकले आगामी वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा जिल्लाका १३ वटै पालिका, १०४ वटै वडा र जिल्ला समन्वय समिति सम्म तालमेल गरेर जाने निर्णय गरेका हुन् ।

कुन दलले कुन पालिका लिने र कसरी भागभण्डा मिलाउने भन्नेबारे आगामी बैठकबाट निर्णय गरिने बैठकमा सहभागी नेपाली काँग्रेसका एक नेताले जानकारी दिए ।

बैठकले साझा उम्मेद्वार उठाउनेबारे तयारी गर्नको लागि गठबन्धन दलका दुई/दुई जना रहने गरि कार्यदल समेत गठन गरेको छ । बैठकले गठबन्धन दलको संयुक्त सचिवालय धादिङवेशीमा खोल्ने र अर्को बैठक २८ गते धादिङ वेशीमा बस्ने लगाएत बिभिन्न ८ बुँदे निर्णय गरेको छ ।

वैठकमा गठबन्धन दलहरु बिच हिलो छ्यापाछ्याप नगर्न र गठबन्धन दलहरु बिच एक अर्को सदस्य वा मतदातालाई आफ्नो पार्टीमा प्रवेश गराउन नपाईने समेत निर्णय भएको छ ।

त्यस्तै धादिङका १३ वटै पालिकामा गठबन्धन दलहरुवीच चुनावी तालमेलको लागि चुनावी संयन्त्र निर्माण गर्ने र त्यो संयन्त्रको नेतृत्व नेपाली काँग्रेसका पालिका सभापतिले गर्ने पनि निर्णय भएको छ ।

नेपाली काँग्रेस धादिङका सभापति रामनाथ अधिकारको अध्यक्षतामा बसेको वैठकमा काँग्रेसको तर्फबाट दिलमान पाखिन, भिम प्रसाद ढुंगाना, विश्व अर्याल माओवादी केन्द्रबाट शालिकराम जम्कटेल, दल ब बुर्लाकोटी, मनराज भण्डारी, दिपक लामिछाने र शम्भु कुमार श्रेष्ठ, एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे, गंगालाल तुलाधर ,गुरु बुर्लाकोटी, ईन्दिरा ढुंगाना र शुवास खतिवडा त्यसैगरी जनता समाजवादीबाट राजु नेपाल, बिर ब. तामाङ , राम ब ढकाल, अर्जुन सापकोटा र अनिल अधिकारी लगायत मुख्य नेताहरुको उपस्थिति रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस