कृषि उद्यम केन्द्रका सभापति सुमार्गी र भारतीय राजनीतिज्ञ जोलीको भेटवार्ता

Post Thumbnail

चैत्र २६, काठमाडौ । उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य तथा कृषि उद्यम केन्द्रका सभापति अरुणराज सुमार्गीले नयाँ दिल्लीमा भारतीय राजनितीज्ञ बिजय जोलीसंग भेटघाट गरेका छन् ।

सुमार्गीले भेटको क्रममा भारतबाट आयात मात्र गर्ने होइन समान लिएर नेपाल आउने ट्रक र रेलहरुलाई खाली फर्कन दिनुहुन्न भन्ने भनाइ राखे । उनले अब केही न केही नेपाली उत्पादन पनि बोकेर भारत फर्किनुपर्छ भन्ने विचार राख्ने राखेका थिए ।

राजधानी दिल्लीमा भेट्घाटको क्रममा यो मुद्धालाई भारतले पनि दुई देशको सम्बन्ध लाई अझै सुधार अनि मजबुत बनाई राख्न र दुई देश बिचको व्यापार घाटा कम गर्न नेपाली उत्पादनलाई पनि अवसर प्रधान गर्न विशेष ध्यान दिन पर्ने सुमार्गीले बताए ।

भेटको क्रममा जोलीले नेपाल-भारत सम्बन्धको चर्चा गर्दै नेपाली कृषि उत्पादनलाई भारतमा बजारीकरण गर्नलाई सहयोग गर्ने बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस