अटेरीसामु पनि सरकार ‘लाचार’ !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ मंसिर १७, सोमबार (६ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

मंसिर १७, काठमाडौं । निर्माणका ठेकेदार कम्पनीको चरम लापरबाहीले राजधानीबाट मध्यपूर्वका तीन जिल्ला जोड्ने खाडीचौर–चरिकोट सडक अलपत्र परेपछि गत भदौ दोस्रो साता दोलखा सदरमुकाम चरिकोट आएर प्रदेश ३ सरकारका तीन मन्त्रीले लापरबाही गर्ने ठेकेदार, दोलखा र सिन्धुपाल्चोककका जनप्रतिनिधि साथै दुवै जिल्लाको सुरक्षा अधिकारीलाई एकै ठाउँमा राखेर बैठक गरी ठेकेदार कम्पनीलाई १० दिनभित्र सडक सुधार गर्न र विस्तारको काम चाँडो सक्ने प्रतिवद्धतासहित निर्णय गराएर हेटौंडा फर्किए ।

प्रदेशका अर्थमन्त्री कैलाश ढुंगेल , पर्यटनमन्त्री अरुण नेपाल र तत्कालीन भौतिक पूर्वाधारमन्त्री केशव स्थापितको अगुवाइमा चरिकोटस्थित जिल्ला समन्वय समितिको हलमा सम्पन्न उक्त बैठक सकेर फर्केका ठेकेदार प्रतिवद्धता अनुसार काम गर्न त परै जाओस् लामो समयसम्म सडक विभागको सम्पर्कमा समेत आएनन् ।

ताजा अपडेट

खोजी गर्नुहोस