कस्तो रहनेछ आजको मौसम ?

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७८ चैत्र २७, आईतबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

चैत २७, काठमाडौं । हाल देशमा स्थानीय वायुका साथै पश्चिमी वायुको प्रभाव रहेको छ । आइतबार बिहान प्रदेश १ मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतः सफा रहेको छ मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ । बाँकी प्रदेशको मौसम सामान्यतः सफा रहने जनाइएको छ ।

राति प्रदेश १‚ मधेश‚ गण्डकी र बागमती प्रदेशमा सामान्य बदली रही प्रदेश १ र गण्डकीका पहाडी भू-भागका एक वा दुई हल्का वर्षाको सम्भावना रहेको छ । अन्य भू-भागमा मौसम सामान्यतः सफा रहने महाशाखाले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस